आज विश्व बालश्रमविरुद्धको दिवस
काठमाण्डु- आज विश्व बालश्रमविरुद्धको दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवश मनाइँदै आएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन आइएलओ को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
