SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

काठमाडौँ, जेठ २९ गते । बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ ।