हिमालयन रि प्रकरण : दिपक भट्ट, सुलभ अग्रवालसहित ३४ व्यक्ति र ५ कम्पनीविरुद्ध आजै मुद्दा दायर हुँदै
काठमाडौं । विवादित व्यापारीहरु दीपक भट्ट, सुलभ अग्रवाल लगायत ३४ जनाविरुद्ध आजै (बिहीबार) मुद्दा दर्ताको तयारी गरिएको छ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको ठूलो रकम हिनामिना तथा सम्पत्ति शुद्धीकरणको आरोपमा उनीहरुविरुद्ध मुद्दाको तयारी गरिएको हो ।
