SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

बजेटप्रति सत्तारुढ सांसद अमरेश सिंहको असन्तुष्टि, भने, ‘फुकेको बेलुन, लामो समय टिक्दैन’

काठमाडौं : सत्तारुढ सांसद अमरेशकुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटको सैदान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत जनता खुशी भएका छन् ? भन्दै प्रश्न गरेका छन् । उनले बैंकर खुशी भएको भए किन बैंकमा निक्षेप किन जम्मा भएको छ ? किन कोही ऋण लिन तयार भइरहेका छैनन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।सांसद सिंहले नेपालमा अहिले व्यापार व्यवसाय गर्ने वातावरण नभएको समेत बताएका छन् ।