SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दु कायम भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँमा खरिदबिक्री भए। आज सेयर बजारमा ८२ कम्पनीका सेयरमूल्य बढे भने १७८ कम्पनीका सेयर मूल्यमा गिरावट आयो। जसमा १३ को सेयर स्थिर रहे। सामान्य अंकले घटेको बजारमा सोपान र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।