SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

एभरेष्ट बैंकबाट पनि नेपाल–भारत सहजै पैसा पठाउन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल–भारतबिच रियल टाइम क्रस बोर्डर रेमिट्यान्स सेवालाई सञ्चालनमा ल्याएको छ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फण्ड ट्रान्सफर सम्झौतासँगै बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फतदुई देशबिच रियल टाइम क्रस बोर्डर रेमिट्यान्स सेवालाई सञ्चालनमा ल्याएको हो ।