बंगुरको मासु खाँदा एकै गाउँका १६ जना बिरामी
काठमाडौं । नवलपरासी (पूर्व) मा बंगुरको मासु खाँदा १६ जना बिरामी परेका छन् । नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१४ हेगौलीमा गत जेठ २३ गते बंगुर काटेर भोज लगाएका थिए । १०५ घरघुरीका मानिसहरु मिली भोज लगाएकोमा १६ जनामा स्वास्थ्य समस्या देखिइ अस्पताल भर्ना भएका छन् ।
