टाइम्स इनर्जीले बनाउने ३४१ मेगावाटको बुढीगण्डकीमा NIMB ले १० अर्ब लगानी गर्ने
साहस उर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब लगानी गर्ने भएको छ। आयोजनाको वित्तीय वित्तीय व्यवस्थापनमा लिड बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वाधिक १० अर्ब लगानी गर्ने भएको हो।
