विमानस्थलबाट भन्सार छलीका १४ थान आइफोन बरामद
काठमाडौं । प्रहरीले भन्सार छलेका १४ थान आइफोन बरामद गरिएको छ । प्रहरीले अन्दाजी सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको हो । प्रहरीले ती आइफोनहरु नागढुङ्गास्थित चेकपोइन्टबाट बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
