अमेरिकाले इरानमाथि गर्यो आक्रमण, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा
काठमाण्डु – अमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ भनेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेनाले इरानका ‘प्रमुख केन्द्रहरू’मा बमबारी गरिरहेको बताए।
