SHARE
कालिका खबर · बुधबार २७ जेठ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

इरानले वार्तामा ढिलाइ गर्‍यो, अब मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौताका लागि भएको वार्तामा अत्यधिक ढिलाइ गरेको आरोप लगाउँदै अब त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दाबी गरे । उनले इरानको सेना, नौसेना तथा वायुसेनालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो सन्देशमा इरानलाई पश्चिम एसियाको दादागिरी गर्ने शक्ति भन्दै त्यसको प्रभाव समाप्त भएको दाबी पनि गरे ।