SHARE
कालिका खबर · बुधबार २७ जेठ २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

बजेटपछि सुजुकी इ-भिटाराको मूल्य घट्यो, चारै भेरियन्टमा १ लाखसम्म छुट

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा लाग्ने कर संरचनामा संशोधन गरेपछि सुजुकीको प्रिमियम इलेक्ट्रिक एसयूभी इ-भिटारा को मूल्य घटेको छ। सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक ले इ-भिटाराका चारै भेरियन्टमा अधिकतम १ लाख रुपैयाँसम्म मूल्य कटौती गरेको घोषणा गरेको हो। कम्पनीका अनुसार सरकारले उपलब्ध गराएको कर सहुलियतको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्‍याउने उद्देश्यले नयाँ मूल्यसूची तत्काल लागू गरिएको छ। कम्पनीले जारी गरेको जानकारीअनुसार संशोधित मूल्य नयाँ बुकिङका साथै हालसम्म डेलिभरी हुन बाँकी रहेका पुराना अर्डरहरूमा समेत लागू हुनेछ।