SHARE
कालिका खबर · बुधबार २७ जेठ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

वालेन सरकारको सुशासनको धज्जी उडाउदै मन्त्री प्रतिभा रावल

रौतहट । विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत बेपता भएका छन् । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे दुई महिनादेखी बेपता भएका छन् । भुमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव घिमिरे कार्यालयमा उपस्थित भएर काम गर्नुको साटो जिल्ला बाहिर बसेर सुशासनको धज्जी उडाई रहेकाछन् । मन्त्रालयले घिमिरेलाई गत १६ चैतमै मौलापुर नगरपालिकामा खटाएको थियो । तर घिमिरे अहिलेसम्म १५ दिनभन्दा बढी कार्यालयमा उपस्थित भएका छैनन् ।