एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रशारण लाइन निर्माण शुभारम्भ
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रशारण आयोजना अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किमि प्रशारण लाइन निर्माण शुभारम्भ भएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले एमसीसी अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको हो ।
