SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

रास्वपामा विवाद : बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ।  मतपत्र र मतदाता नामावली र उम्मेदवारको विषयलाई विवाद देखिएपछि बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका लागि  नुवाकोटका सांसद अच्युतम लामिछाने, काभ्रेका सांसद् बदन भण्डारी, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्रीले उम्मेदवारी दिएका थिए।