SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

मानवअधिकारकर्मीमाथि एसिड आक्रमण : चार सैनिक अधिकृत जेल सजाय

इन्डोनेसिया : इन्डोनेसियाको एक सैन्य अदालतले मानवअधिकारकर्मीमाथि गरिएको एसिड आक्रमणमा संलग्न चार सैनिक अधिकृतलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । एक अभियुक्तलाई ३ वर्ष, दोस्रोलाई २.५ वर्ष, तेस्रोलाई २ वर्ष र चौथोलाई १.५ वर्ष जेल सजाय सुनाइएको न्यायाधीशले बुधबार बताएका छन् ।ती चारै जना सैनिकहरू सेनाको रणनीतिक गुप्तचर निकायका सदस्य रहेको र उनीहरूलाई मानवअधिकारकर्मी आन्द्रिए युनुसमाथि गरिएको गम्भीर योजनाबद्ध आक्रमणमा दोषी ठहर गरिएको हो ।