SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

इरानले आक्रमण गरेपछि बहराइन, कुवेत र जोर्डनले दिए यस्तो प्रतिक्रिया

इरान : केहि इरानी मिडिया आउटलेटहरुले इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरिएको समाचार प्रशारण गरेका छन् ।यसैबीच सम्बन्धित देशहरूको प्रतिक्रिया पनि सार्वजनिक भएका छन् । कुवेतको सेनाका जनरल स्टाफले आफ्नो देशको हवाई रक्षा प्रणालीले ‘हवाई आक्रमणहरू’ रोकेको जनाएका छन् । एक्स (ट्वीटर) मा गरिएको पोस्टमा कुवेती सेनाले नागरिकहरूलाई ‘सुरक्षासम्बन्धी निर्देशनहरू पालना गर्न’ आग्रह गरेको छ ।