प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन उत्पादन सुरु
प्यूठान : प्यूठानमा हरित हाइड्रोजन पाइलट सञ्चालनमा ल्याइएको छ। बुटवल पावर कम्पनी लिमिटेडले झिमरुक जलविद्युत् केन्द्र दारिमचौरमा हाइड्रोजन उत्पादन सुरु गरेको हो।नवीकरणीय जलविद्युत् ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन सुरु गरिएको हो। १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा स्थापना गरिएको हरित हाइड्रोजन पाइलट ५० किलोवाट क्षमताको रहेको छ।
