मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री
भारत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार सबैभन्दा लामो समय सेवा गर्ने ‘निर्वाचित प्रधानमन्त्री’ बनेका छन् । यस ऐतिहासिक उपलब्धिका अवसरमा केन्द्रीय मन्त्रिमण्डल (क्याबिनेट) ले उनको सम्मानमा एक विशेष प्रस्ताव पारित गरेको छ । मन्त्रिमण्डल बैठकमा उपस्थित सम्पूर्ण मन्त्रीहरूले प्रधानमन्त्री मोदीको यो उपलब्धिलाई सराहना गर्दै सम्मानस्वरूप उभिएर ताली बजाएर (स्ट्यान्डिङ ओभेशन) बधाई ज्ञापन गरेका छन् ।
