प्रधानमन्त्रीको अभिव्यक्ति 'क्रस बोर्डर अकुपेन्सी'सँग सम्बन्धित हो, तेस्रो पक्षको भूमिका खोजेका होइनौं : परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन्। संसदमा उठेको सीमा विवादमा सदनलाई जवाफ दिँदै उनले प्रधानमन्त्री बालेन्द्र शाहको यसअघिको अभिव्यक्ति 'क्रस बोर्डर अकुपेन्सी'सँग सम्बन्धित रहेको स्पष्ट पार्दै तेस्रो पक्षको भूमिका खोजिएको भन्ने आशय नभएको बताए।मन्त्री खनालले नेपाल र भारतबीच सीमा, सुरक्षा, व्यापारलगायत विभिन्न विषयमा काम गर्ने दर्जनौं द्विपक्षीय संयन्त्र रहेको उल्लेख गरे।
