SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी छ

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सीमाअन्तर्गत सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी रहेको बताएका छन्। बुधबार संसदमा बोल्दै उनले नेपाल-भारत सीमाको अधिकांश क्षेत्रमा नक्साङ्कन सम्पन्न भइसकेको भए पनि सुस्ता र लिपुलेक क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको बताए।अन्य स्थानमा देखिएका समस्या भने क्रस बोर्डर अकुपेन्सीसँग सम्बन्धित रहेको उनको भनाइ छ।