SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

थाइल्यान्डसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ । एसिसी महिला प्रिमियर कप अन्तर्गत बुधबार मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको क्वार्टर फाइनल खेलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएको हो । यो खेलमा थाइल्याण्डसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३० रन बनाएको थियो ।