प्रधानमन्त्रीले फेरि उदण्डता मच्चाउनुहोला, अब उपरान्त उहाँलाई खोज्न चाहन्न : भिष्मराज आङ्देम्बे
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले अब उपरान्त प्रधानमन्त्री बालेन्द्र शाहलाई नखोज्ने बताएका छन्। संसदमा बोल्दै उनले मुलुकमाथि उठेका प्रश्नहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा पनि ठूलो र संवेदनशील भएको बताए। उनले प्रधानमन्त्री शाहले फेरि उदण्डता मच्चाउला भनेर आफूलाई डर लागिरहेको बताए। 'फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्री आउनुहोला, फेरि त्यस्तै केही नहोस् भन्ने लाग्छ।
