SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

दिपेन्द्र टी–२० अलराउन्डरको चौंथो स्थानमा उक्लिए

काठमाडौं : नेपाली टी–२० टिमका कप्तान दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रसिंह ऐरी अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् । उनी एक समय टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियताको दोस्रो स्थानसम्म उक्लिएका थिए । टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरियतामा पहिलो स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।