SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

विपक्षीको अडान कायमै, अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक यो समाचार तयार गर्दासम्म सुरू हुन सकेको छैन । यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो ।