SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न : पुष्पराज कँडेल

काठमाडौं । नेकपा एमालेका सांसद पुष्पराज कँडेल ले विगतका सरकारका कमजोरी देखाएर वर्तमान सरकारले आफ्ना त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बारम्बार अघिल्ला सरकार र पूर्वअर्थमन्त्रीहरूलाई दोष दिने प्रवृत्ति उचित नभएको टिप्पणी गरे ।