अघिल्ला सरकारका लोककल्याणकारी योजना निरन्तर अघि बढाइयो : डा.स्वर्णिम वाग्ले
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले विगतदेखि सञ्चालनमा रहेका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अघिल्ला सरकारहरूले ल्याएका अधिकांश कार्यक्रमलाई यथावत् राखिएको बताएका हुन् ।
