रास्वपा बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयनबिनै स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ । हिजो उद्घाटन गरिएको अधिवेशन आज निर्वाचन प्रक्रियामा देखिएको विवादका कारण स्थगित गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा एक प्रत्याशी सदस्यको नाम छुटेको पाइएपछि विवाद उत्पन्न भएको थियो ।
