सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर नहुँदा बीमा ऐनसम्बन्धी कसुरको मुद्दा ‘होल्ड’मा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रकम हिनामिना तथा सम्पत्ति शुद्धीकरणको आरोप लागेका विवादित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल लगायतविरुद्धको मुद्दा दायरको तयारी अन्तिम चरणमा पुगेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा उनीहरूमाथि मुद्दा दायरको तयारी अन्तिम चरणमा पुगेको हो ।
