SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सुरु गर्‍यो संस्थागत काम

काठमाडौं । नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेतृत्व सम्हालेसँगै संस्थागत र नीतिगत कार्यहरू अघि बढाएको छ । सरकारको पछिल्लो कार्यविभाजनअनुसार साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि क्षेत्र अलग गरी ‘नवप्रवर्तन’ थपेर नयाँ मन्त्रालय गठन गरिएको हो । यस मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले सम्हालेका छन् ।