सङ्खुवासभामा ३६८ चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा, चालक पक्राउ
सङ्खुवासभा । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली गरी ल्याइएका ३६८ वटा चौँरीका पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार किमाथाङ्का नाकाबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका उक्त चौँरीका पुच्छरसहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
