SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

पत्रकार महासंघको देशव्यापी धर्ना, सरकारी विज्ञापन नीति फिर्ता लिन माग

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी पछिल्लो सरकारी निर्णयको विरोधमा देशव्यापी धर्ना कार्यक्रम गरेको छ । महासंघको आह्वानमा बुधबार काठमाडौंसहित देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले एक घण्टा धर्ना दिएका हुन् ।