रविसँगको भेटपछि छुट्टै छलफलमा जुटे विपक्षी दलहरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन् । रास्वपाले अघि सारेको प्रस्तावमाथि साझा धारणा बनाउने उद्देश्यसहित विपक्षी दलहरू आन्तरिक छलफलमा बसेका हुन् । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू सहभागी रहेको जनाइएको छ ।
