SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

बालेनप्रति कांग्रेसको कटाक्ष– ‘संसदको रोष्ट्रम र्‍याप ब्याटलको स्टेज होइन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको हालैको विवादित अभिव्यक्तिबारे कडा शब्दमा विरोध जनाएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्र्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कडा रुपमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जनाए ।