प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण, संसदमा के भने ?
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित रहेको स्पष्टिकरण दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो स्पष्टिकरण दिएका हुन् । उनले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार उपयोग–उपभोग) सम्बन्धी धेरै ठाउँमा विवाद रहेको पनि बताए ।
