SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा पेसी तोकिएकामा उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।