सरकार देशको विधानअनुसार होइन, रास्वपाको विधानअनुसार चल्योः गगन
गोरखा– कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधानअनुसार सरकार चलाउन उद्धत रहेको आरोप लगाएका छन् । गोरखामा मंगलबार कार्यकर्तासँगको भेटमा थापाले पार्टीको विधानले नभई देशको विधानले सरकार चल्नुपर्ने बताए । सरकार चलाउने जनमत पाएको पार्टीले मुलुकको विधान र संविधान मिच्न नमिल्ने तर्क थापाको थियो ।
