SHARE
काठमाण्डुपाटी · आइबार​ १८ साउन २०८२ ०१:४४ PM · 1 मिनेट पढाइ

बागमतीका मुख्यमन्त्री लामाद्वारा राजीनामा

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । मुख्यमन्त्री लामाले आईतबार पत्रकार सम्मेलनबाट राजीनामाको घोषणा गरेर साँझ प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामा पत्र दर्ता गराएका छन् । साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनीमाथि राजीनामा गर्न दबाब परेकोमा सभापति शेरबहादुर देउवासँग भेटेपछि उनी राजीनामा गर्न तयार भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी