पतञ्जलि प्रकरणमा नेपाल प्रमुख सिंहबाट ३५ लाख धरौटी माग्ने आदेश
काठमाण्डु – विशेष अदालतले पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहबाट ३५ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले धरौटी रकम मागिएको हो ।
