रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा आवेदन साउन २६ गतेदेखि भर्न सकिने
काठमाण्डु – रोजगारीका लागि दक्षिण कोरिया जान ईपीएस भाषा परीक्षाका लागि साउन २६ गतेदेखि आवेदन भर्न सकिने भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले आईतबार वेबसाइटमार्फत साउन २६ गतेदेखि आवेदन भर्न सकिने जनाएको छ । साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
