एमालेको प्रश्न-प्रधानमन्त्रीको अभिव्यक्ति र लामिछाने भारत जानुमा कुनै तालमेल थियो ?
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयं ससदमा आएर स्पष्ट पार्नेपर्ने अडान राखेको छ । बैठकमा उपस्थित एमालेका संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले बैठकमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा स्पष्ट नपारेसम्म आफूहरुले सदनमा विरोध जारी राख्ने बताएको जानकारी दिए ।
