कपिलवस्तु कांग्रेसका सहसचिव वजीह अरसदले गरे पार्टी परित्याग
कपिलवस्तु : नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सह–सचिव वजीह अरसदले पार्टीको साधारण सदस्यता समेत नरहने गरि पदबाट राजीनामा दिएका छन्। आज एक प्रेस वक्तव्य जारी गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । जिल्ला सभापति अब्दुल कलाम नेतृत्वको कार्यशैली प्रति असहमति जनाउँदै नेता अरसदले पद तथा साधारण सदस्यता त्याग गरेको घोषणा गरेका हुन्।राजीनामापत्रमा उनले २०५५ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेको उल्लेख गरेका छन्।
