बजेटको लागि पूर्वअर्थमन्त्रीले दिए सुझाव: खतिवडाले सबैभन्दा धेरै दिँदा खनालको ३ वटा मात्रै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक आवको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन् । बजेट सुझावमा माग्दै अर्थमन्त्री डा.वाग्लेले बजेटको अन्तिम समयमा रहेको र  नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटको लागि सुझाव माग गरेका थिए ।