एक साथ दुई वटा ठूला जलविद्युत आयोजना अघि बढाउँदै बिजबेल, ईआईए तयार
लगानी कम्पनी बिजबेल लिमिटेडले एक साथ दुई वटा जलविद्युत आयोजना अघि बढाएको छ । कम्पनीले नेपाल पोर्टफोलियो इनर्जी मार्फत ११०.२० मेगावाट क्षमताको अपर चुवा लुरुप्पा अर्धजलाशययुक्त जलविद्युत आयोजना र बिजबेल इनर्जी मार्फत ९८.१७ मेगावाट क्षमताको चुवा खोला क्यासकेड जलविद्युत आयोजना अघि बढाएको हो। यी दुवै आयोजनाको वातारणीय प्रभाव मुल्यांकन प्रतिवेदन (EIA) तयार भएको छ।
