तोलामा ४५ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो
आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ ।
