मेटलाइफ नेपालले हासिल गर्यो ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र
मेटलाइफ नेपालले विश्वस्तरको ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र प्राप्त गरेको छ । यो भनेको उत्कृष्ट कार्यसंस्कृतिको मान्यता हो । मेटलाइफ नेपालले विश्वभरका ३३ वटा मेटलाइफ कार्यालयहरूसँगै यस उपाधि हासिल गरेको र यसले मेटलाइफलाई कर्मचारीमैत्री संस्थाका रूपमा प्रमाणित गराएको जनाइएको छ । गत महिना सम्पन्न सर्वेक्षणमा विश्वभरका २४ हजार भन्दा बढी कर्मचारी सहभागी भएका थिए ।
