विश्वभर बढ्न थाल्यो सोलार प्यानलको मूल्य, नेपालका आयोजनाको लागत पनि बढ्ने
विश्वव्यापी रूपमा सोलर प्यानलको मूल्य बढ्न थालेको छ। विशेष गरी चीनले निर्यातमा दिँदै आएको भ्याट (VAT) रिबेट हटाएपछि यो प्रभाव देखिएको हो। नेपालजस्ता आयात-निर्भर देशमा यसले ठूलो प्रभाव पार्ने देखिएको छ। चीनले २०२६ अप्रिल १ देखि सोलर प्यानल (मोड्युल), सेल र वेफर निर्यातमा लागू ९% भ्याट एक्सपोर्ट रिबेट पूर्ण रूपमा हटाएको छ।
