दीपल ‘एस–०७ आईसीए’ नेपालमा सार्वजनिक, ५ वर्षसम्म ग्राहकको एक रुपैयाँ पनि खर्च नहुने
नेपालमा दीपल ईभीको आधिकारकि बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले एस–०७ आईसीए सार्वजनिक गरेको छ । कम्पनीले दीपल एस–०७ लाई एलएफपी ब्याट्रीमा उपलब्ध गराएको हो । दीपलका ब्राण्ड एम्बासडर क्रिकेट संघका सचिव पारस खड्काले उक्त ईभी लन्च गरेका हुन् । यसअघि एनसीएम ब्याट्रीमा उपलब्ध रहेको एस–०७ एलएफपी ब्याट्री प्याकमा पनि नेपाल आएको हो ।
