नेपालमा बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, एक पटक चार्ज गर्दा १५३ किमी गुड्ने
टू-व्हीलर र थ्री-व्हीलर कम्पनी बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय स्कूटर चेतक ३५०१ सार्वजनिक गरेको छ। भारतबाहिर नेपाल मै पहिलो पटक चेतक सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार चेतक ३५०१ मा ३.५ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा १५३ किलोमिटरको उत्कृष्ट रेन्ज प्रदान गर्छ।
