शक्तिशाली अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुँदै, विश्वकै नजर बेइजिङमा
विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच मे १४–१५ मा बेइजिङमा महत्वपूर्ण द्विपक्षीय शिखर सम्मेलन हुन लागेको हो। यो भेटवार्ता इरान युद्धका कारण मार्चमा स्थगित भएको थियो।
